३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडन प्रधानमन्त्री ओलीको आग्रह



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा ‘म झोले हो’ लेखेको आफ्नो तस्बीर सार्बजनिक गर्दै प्रधानमन्त्री ओलीले भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्-

हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  १२ : १४ बजे