३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

नेपाली महिला टिम र थाइल्याण्डबीच पहिलो हाफ गोलरहित बराबरीमा



काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम र थाइल्याण्डबीच जारी खेलको पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको छ ।

थाइल्याण्डको थामासात स्टेडियममा जारी मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

फिफाको महिला फुटबलको वरियतामा थाइल्याण्ड ४७औं स्थानमा छ भने नेपाल ९९औ स्थानमा रहेको छ ।

नेपाली महिला टिमले अस्ट्रेलियाका एएफसी महिला एसिया कप–२०२६ छनोटका तयारीका निम्ति थाइल्यान्डविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलिरहेको छ ।

यो खेलपछि नेपालले यसपछि नेपालले एएफसी एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । छनोटमा नेपाल समूह ‘एफ’मा छ । यस समूहमा नेपालसँगै श्रीलंका, लाओस र उज्वेकिस्तान रहेका छन् ।

उज्बेकिस्तानमा हुने छनोट खेलमा नेपालले २९ जुनमा लाओस, २ जुलाईमा श्रीलंका र ५ जुलाईमा उज्बेकिस्तानसंग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  ६ : १६ बजे