३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

गृहमन्त्रीको राजीनामाको मागबाट पछि नहट्ने माओवादी केन्द्रको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामाको मागबाट पछि नहट्ने निर्णय गरेको छ ।

सोमबार बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको मागमा कायम रहने निर्णय गर्दै लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध कायम राख्ने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन् ।

साथै मंगलबार संसदको बैठक बस्नुअघि विपक्षी दलहरुको बैठक बस्ने पुनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  ६ : २० बजे