३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

नेप्सेमा ३५ अंकको गिरावट, कारोबार पनि घट्यो


२१ जेष्ठ २०८२, मंगलबार  

2
Shares

काठमाडौँ । नेप्से परिसूचकमा ठुलो गिरावट आएको छ । आज नेप्से ३५.०७ अंकले घटेर २६५९.५९ विन्दुमा कायम भएको छ ।

आजको कारोबारमा विभिन्न ३१५ कम्पनीका एक करोड ५५ लाख ३८ हजार ४७४ कित्ता शेयर ९ अर्ब ६७ करोड ९५ लाख ६१ हजार ३२४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेड र पियोर इनर्जी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै प्रभु स्मार्ट फन्डको शेयर मुल्य ४.९१ प्रतिशतले बढेको छ । त्यस्तै आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा बढी ४.८९ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार राढ़ी विद्युत कम्पनिको शेयर ६० करोड १५ लाख २ हजारको कारोबार भएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ३ : २१ बजे