३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

प्रतिनिधि सभाको आजको बैठक स्थगित


२१ जेष्ठ २०८२, मंगलबार  

2
Shares

काठमाडौँ । आजको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सभामुखको सचिवालयका अनुसार बैठक भोलि अपराहन्न १ बजेसम्मका लागि स्थगित भएको हो ।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने तर त्यसअघि आफुहरुका मागको विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने अडान लिएपछि आज सहमति हुन नसकेको बताइएको छ ।

विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाएर अनुसन्धान गर्ने, गृहमन्त्रीले राजीनामा दिने र प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने तीन माग अगाडी सारेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ३ : २२ बजे