३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

विपक्षीको अडानका बिच प्रतिनिधि सभाको बैठक बस्दै



काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । यसअघि जेठ २० गतेदेखि लगातार अवरुद्ध रहेको बैठक शुक्रबार बस्दै नबसी आज अपराहन्न १ बजेसम्मका लागि स्थगित भएको थियो ।

संसदको अवरोध खुलाउने प्रयास जारी रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विपक्षी दलहरु र कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए ।

माओवादी केन्द्रले संसदमा गृहमन्त्रीलाई बोल्न दिने र भिजिट भिसा प्रकरणको छानबिन समिति गठन गरेर यो विषयको ‘सेफ ल्यान्डिङ’ खोजेको दाबी गरिएको छ । तर सत्ता पक्ष भने हाल भिजिट भिसा प्रकरणको अख्तियारले छानबिन गरिरहेकोले अर्को समिति वा आयोग बनाउन आवश्यक नरहेको अडानमा रहेको छ ।

आजको बैठकमा जेठ १५ गते संसदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, आइतबार  ७ : २७ बजे