२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

सोलुखुम्बुको दुधकोशी पारी मालपोत तथा नापी सेवा विस्तार गर्ने काम अन्तिम चरणमा


६ असार २०८२, शुक्रबार  

152
Shares

सोलुखुम्बु । सोलुखुम्बुको दुधकोशी पारी सोताङ र महाकुलुङ गाउँपालिकाका नागरिकको सहजताका लागि मालपोत तथा नापी सेवा विस्तार कार्य अन्तिम चरणमा पुगेको छ ।

सोताङमा कार्यालय रहने गरी भोली असार ०७ गते जिल्ला प्रशासन कार्यालयमा बस्ने सरोकारवालाको बैठकले निर्णय लिने तयारीमा रहेको महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य कुलुङले जानकारी दिए ।

आगामी श्रावण महिनादेखि सेवा प्रवाह गर्ने गरी मालपोत तथा नापी सेवा विस्तार गर्न लागिएको हो । यस कार्यमा महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्य कुलुङ र सोताङ गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतले संयुक्त पहल गरेका थिए ।

मालपोत र नापी सेवा सोताङ गाउँपालिकाबाट सुरु भएपछि महाकुलुङ र सोताङबासी सल्लेरीसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ८ : ३५ बजे