२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

महाकुलुङमा स्वास्थ्य शाखाको आयोजनामा जुनटिक रोगहरू र एन्टिबायोटिक प्रति जैविक प्रतिरोध सम्बन्धी अभिमुखीकरण



सोलुखुम्बु । महाकुलुङ गाउँपालिका, स्वास्थ्य शाखाको आयोजनामा बुङमा जुनटिक रोगहरू र एन्टिबायोटिक प्रति जैविक प्रतिरोध सम्बन्धी अभिमुखीकरण सम्पन्न गरिएको छ ।

शनिवार महाकुलुङमा प्रमुख प्रशासकीय अधिकृत खरिधन राईको अध्यक्षता, महाकुलुङ आधारभूत अस्पतालका मेडिकल अफिसर डा. उमेश श्रेष्ठ, विषयगत शाखा प्रमुख, अन्य स्वास्थ्यकर्मी गरी १७ जनाको उपस्थितिमा एन्टिबायोटिक प्रति जैविक प्रतिरोध रोक्नलाई गुणस्तरीय उपचार सम्बन्धी मापदण्ड पालना गर्न, निर्देशिका बमोजिम महाकुलुङका सबै स्वास्थ्य संस्थालाई लागू प्रतिबद्धता सम्बन्धी अभिमुखीकरण गरिएको हो ।

सोही कार्यक्रममा विगत १० महिनाको स्वास्थ्य संस्थाका समस्या बारे समीक्षा गरिएको छ ।

जुनुटिक रोगहरूको जोखिम विषयमा जनचेतना अभिवृद्धि गरी रोकथाम बारे अबम्लबन गर्न, एन्टिबायोटिक बढ्दो जैविक प्रतिरोधलाई अन्त्य गर्न लागि ब्याक्टेरिया भाइरस, फङ्गसको लगायतका विषयमा जानकारी दिने ध्येयले अभिमुखीकरणको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ३ : ०५ बजे