सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पूलाई आगामी वर्षको भदौ २९ गतेभित्र बालमैत्री वडा घोषणा गरिने भएको छ ।
आज बुधबार वडा कार्यालयमा भएको बालमैत्री स्थानीय शासन वडा स्तरीय अभिमुखिकरण कार्यक्रममा उक्त जानकारी गराइएको हो ।
बालमैत्री वडा घोषणा हुनलाई ५१ वटा सुचकहरु पुरा गर्नु पर्ने र आगामी वर्षको भदौ २९ गतेभित्र सम्पूर्ण सुचकहरु पुरा गरेर बालमैत्री वडा घोषणा गरिने वडा अध्यक्ष एवं नगर प्रवक्ता फूर्वा ग्याल्जेन शेर्पाले बताए ।
अभिमुखिकरण कार्यक्रममा सहभागी भएकाहरुले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताएका छन् । ११ वटा नगरपालिका रहेको वडामा गत जेठ २९ गते ७ नम्बर गार्मालाई जिल्ला कै पहिलो बालमैत्री वडा घोषणा गरी सकिएको छ ।

























