२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टरमा शैक्षिक मेलामा देखिए यस्ता दृश्यहरु



काठमाडौं । इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी)को पुतली सडक शाखामा ‘मल्टिडेस्टिनेशन एजुकेशन फेस्ट २०२५’ नामक शैक्षिक मेला सम्पन्न भएको छ। हालै सम्पन्न मेलामा क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी जानकारी दिइएको मेलामा सहभागी तथा अध्ययनका लागि क्यानडा जान इच्छुक विद्यार्थी रोशन तामाङले बताए।

उनले आफू आइसीसीसीको पुतली सडक शाखामा पुग्दा कैयौं प्रश्न बोकेर पुगेको तर आइसीसीसीका सिनियर काउन्सलरले आफ्ना सारा जिज्ञासाको उत्तरले एउटा निर्णय लिन सहज बनाएको बताए।

आईसीसीसीका प्रवन्ध निर्देशक राम खड्काका अनुसार मेलामा रोशनजस्तै कैयौं विद्यार्थी पुगेको र उनीहरूले आफ्ना जिज्ञासाको समाधान लिएर फर्किएको बताए। प्रवन्ध निर्देशक खड्काका अनुसार विदेश अध्ययनको योजना बनाएका करिव डेढ १ सय बढी विद्यार्थीको मेलामा सहभागीता रहेको थियो।

मेलामा आफ्ना लागि राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यसँग मिल्ने खालका सुझाव पाउँदा विद्यार्थीले अनविज्ञता रहेका धेरै कुरामा प्रस्ट बनेको प्रतिक्रिया दिएका थिए।

बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको मेलाले विदेशको उत्तम शैक्षिक गन्तव्यहरू छनौट गर्न मद्दत गर्ने मात्र नभई विशेषज्ञबाट करियर काउन्सिलिङ, व्यक्तिगत प्राथमिकता, सम्भावना, रुचि र करियर उद्देश्यहरूको आधारमा विद्यार्थीलाई सल्लाह दिइएको थियो। मेलामा सहभागी विद्यार्थीले विभिन्न खालका छात्रवृत्ति, पूर्वतयारी कक्षामा आकर्षक छुट तथा विभिन्न खालका उपहार पनि प्राप्त गरेका थिए।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ६ : ३० बजे