२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

आगामी आर्थिक वर्षमा सोलुखुम्बुका लागि एक अर्ब भन्दा बढि बजेट


१२ असार २०८२, बिहिबार  

120
Shares

सोलुखुम्बु । रक्षा मन्त्री मानवीर राईको अगुवाइमा सोलुखुम्बु जिल्लाको विकासका लागि एक अर्ब बढी बजेट विनियोजन भएको छ । जिल्लाको विभिन्न विकासे योजनाहरू सम्पन्न गर्नका लागि एक अर्ब आठ करोड ८६ लाख पाँच हजार रुपैयाँ बराबरको योजना छनौट भएको रक्षा मन्त्रीको सचिवालयले सचिवालयले जनाएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय तथा यातायात मन्त्रालय अन्तर्गत विभिन्न योजनाहरूको लागि ६४ करोड ७७ लाख पाँच हजार बजेट विनियोजन भएको छ । यस्तै सहरी विकास अन्तर्गत २० करोड ११ लाख रहेको छ ।

स्वर्ण सगरमाथा बृहत् चक्रपथ ओखलढुङ्गा सोलु सल्लेरी खोटाङ दिक्तेल ओखलढुङ्गा को लागि १५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

यस्तै सल्लेरीबाट सिलगुडी डाँडा काकु वासा ओर्लाङघाट जुभिङ खरिखोला हुँदै लुक्ला जोड्ने खुम्बु सडकको लागि ६ करोड रहेको छ । फाप्लु रिङमु टाक्सीन्दु नुनथला हुँदै खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने सडक सगरमाथा मार्ग कालोपत्रे सहितको लागि सात करोड ८७ लाख पाँच हजार विनियोजन गरिएको छ।

हाल सञ्चालनमा रहेको योजनाहरू नेलेदेखि सोताङ हुँदै महाकुलुङसम्मको सडक कालोपत्रेका लागि ५ करोड र सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङला हुँदै नेचा सल्यान बिहीबारे तुइनटार सडक कालोपत्रे योजना अन्तर्गत थप रकम पाँच करोड विनियोजन गरिएको रक्षा मन्त्रालयको सचिवालयले जनाएको छ ।

यस्तो छ योजना र बजेटको फेयरिष्त

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ८ : ५२ बजे