२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

ठोट्ने खोलामा बेलिब्रिज निर्माण सुरु



सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका प्रवेशको द्वार मानिएको ओखलढुङ्गा–ठोट्ने–गैरी–नेचा सडक खण्ड अन्तरगत पर्ने ठोट्ने खोलामा बेलिब्रिज निर्माणको काम सुरु भएको छ ।

रक्षा मन्त्री मानवीर राईको पहलमा बर्खाको समयमा पनि सवारी सञ्चालनमा बाधा नपुगोस् भन्ने ध्येयले बेलिब्रिज निर्माणको काम सुरु भएको हो ।

ब्रिज निर्माणको काम पि.वाई. निर्माण सेवाले पाएको छ । फाउन्डेसनको काम सकिएपछि ब्रिज जडानका लागि नेपाली सेनाको टोली परिचालन गरिने रक्षा मन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ९ : ५५ बजे