कात्तिक १४ देखि भावनात्मक पारिवारिक फिल्म ‘परान’ प्रदर्शनरत छ । ‘मिन्था चक्रवात’को चपेटामा परेको यो फिल्मको हिजो आजका अधिकांश शोहरु हाउसफूल छन् ।
माउथ पब्लिसिटीकै कारण ‘परान’ प्रति दर्शकको आकर्षण गढ्न थालेको निर्माण टिमले जनाएको छ । फिल्मका निर्देशक दिपक आचार्य काकु, नीर शाह, पुजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली लगायतका कलाकार हल हलमा पुगेर दर्शक भेटिरहेका छन् । यसै फिल्मको प्रचारका लागि नायिका चन्द अमेरिका देखि नेपाल आएकी हुन् ।
अधिकांश दर्शक रुँदै बाहिरिएका दृष्य सामाजिक सञ्जालमा देखिएका छन् भने उनीहरुले ‘पूर्ण बहादुरको सारंगी’कै स्तरमा फिल्म बनेको प्रतिक्रिया दिएका छन् ।




































