१२ मंसिर २०८२, बिहिबार | Fri Nov 28 2025

के अब अनमोल केसीको रेकर्ड प्रदीप खड्काले तोड्न सक्लान् त ?


१० मंसिर २०८२, मंगलबार  

4
Shares

नेपाली फिल्मी क्षेत्रका दुई युवा स्टार अनमोल र प्रदीप बिशेषगरी प्रतिस्पर्धीको रूपमा पनि हेरिन्छ । उनीहरूको प्रतिस्पर्धा छ भन्ने विषयमा खुबै चर्चा पनि हुने गर्छ । भर्खर अनमोल केसीको ‘जेरी अनटप’ले राम्रो आम्दानी गर्‍यो । अनमोलका अहिलेसम्मकै फिल्महरू मध्ये धेरै कमाउनेमा रेकर्ड राख्यो ।

अब प्रदीप खड्काको पनि नयाँ फिल्म आउँदै छ । यही आउँदो पुस १७ गते एक्लो फिल्म आउँदै छ । अब अनमोलको ‘जेरी अनटप’लाई प्रदीपको ‘एक्लो’ले रेकर्ड ब्रेक गर्ला ? यो प्रश्न दर्शकको मनमा पनि उब्जिन थालेको छ ।

अनमोलको ‘जेरी अनटप’ले नेपालबाट १३ करोड आसपास र विश्वभरिबाट २४ करोड आसपासमा कमाई गरिसकेको छ । अब प्रदीपको ‘एक्लो’ले पनि यही अनुपातमा कमाउन सक्ला कि नसक्ला ? दर्शकले एक्लो फिल्मलाई कत्तिको मन पराउलान् ? त्यो भने पुस १७ गते पछि नै थाहा हुनेछ ।

‘एक्लो’ फिल्म नेपाली दर्शकका लागी फरक फिल्म हो । यो कुनै भइरहेको कथा होइन । कुनै कथालाई फिल्ममा निर्माण गरेर देखाइएको होइन । यो बिल्कुलै काल्पनिक कथा हो । एउटा साइन्स फिक्सन कथा हो । फिल्ममा ६ करोड माथिको लगानी गरिएको छ । अर्को कुरा फिल्ममा धेरै भि.एफ.एक्स गरिएको छ । फिल्मको धेरै काम अमेरिकामा भइरहेको छ । फिल्मको निर्माण टिमले फिल्मलाई राम्रो बनाउन कुनै पनि कसुर बाँकी नराख्ने बताएको छ ।

साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । यो फिल्मले बिशेषगरी खतरनाक भाइरसले आउँदो सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको कथालाई देखाएको छ । भाइरस आएपछि मानिसहरूले कसरी पृथ्वी छाड्छन् भन्ने कुरा देखाएको छ ।

फिल्ममा प्रदीप खड्कासँगै दिया पुन, विजय लामा, कविता नेपाली, बेनिशा हमाल र विदेशी कलाकार जेमी बेकनको अभिनय छ । अब एक्लोले अनमोल केसीको ‘जेरी अनटप’को अथवा ‘परान’को रेकर्ड तोड्ला ? त्यो हेर्न पुस १७ सम्म कुर्नै पर्ला ।

प्रकाशित मिति : १० मंसिर २०८२, मंगलबार  ७ : ०६ बजे