२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

विकृतिजन्य तिज गीत निकाले प्रतिबन्धको चेतावनी



काठमाडौँ । विकृतिजन्य तिज गीत निकाले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले प्रतिबन्धको चेतावनी दिएको छ ।

सचिव कमल सर मद्वारा जारी विज्ञप्तिमा तीज गीतमा विकृति, भड्किलोपन, अश्लीलता वा तीज पर्वको मूल भावनालाई नै अपमान गर्ने खालका सिर्जनाहरू आएका खण्डमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले संस्थामा आबद्ध सञ्चारकर्मी कार्यरत मिडिया हाउसमा उक्त गीत, सम्बन्धित सामग्री प्रकाशन तथा प्रसारणमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

संस्थाले पर्व विशेष महत्त्व जर्गेनाका लागि सबै सर्जक, सङ्गीतकर्मी र सञ्चारकर्मी भूमिका उत्तिकै रहने यथार्थ नभल्न आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : २१ बजे