काठमाडौं । अहिलेका सर्वाधिक लोकप्रिय लोक गायक खेम सेन्चुरी र गायिका संगीता थापा मगरको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । 'धेरै नरिसाउँ' बोलको गीत संगीता थापा मगर युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा रमेश परियारको शब्द र संगीत छ । रमेश पछिल्लो समयका लोकप्रिय सर्जक मानिन्छन् । उनले बनाएका अधिकांश गीत लोकप्रिय छन्…