भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेको छ । असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बनाइएको भएपनि गत चैत २० देखि शिक्षकहरुको काठमाडौँ केन्द्रित आन्दोलनले नतिजा प्रकाशन प्रभावित बनेको हो । नतिजा प्रकाशनको तयारी बारे छलफल गर्न आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको…