सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका मेलमिलापकर्ताका लागि दुई दिने पुर्नताजगी तालिम प्रदान गरिएको छ ।
गाउँपालिकाको आयोजना र सोलुखुम्बु जिल्ला अदालतको सहजीकरणमा तालिम सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष सूर्य बहादुर राईको प्रमुख आतिथ्यता र न्यायिक समिति संयोजक तथा उपाध्यक्ष बिपना कुलुङको अध्यक्षता तथा न्यायिक समिति सदस्य तथा वडा अध्यक्षहरूको उपस्थितिमा भएको तालिममा पालिका भरीमा ३६ जना मेलमिलापकर्ताको उपस्थिति रहेको थियो ।
मेलमिलापकर्ताको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको पालिका उपाध्यक्ष तथा न्यायिक समिति उपाध्यक्ष बिपना कुलुङले बताइन् ।
तालिमको उद्देश्य मेलमिलाप सम्बन्धी ज्ञान सीप पुनतार्जगी गर्ने, मेलमिलाप प्रक्रिया सम्बन्धी स्पष्टता पार्ने, स्थानीय निकायको मेलमिलाप कार्य विधि सम्बन्धी व्यवहारिक र अभ्यास गराउने राखिएको थियो ।
सहजीकरण सोलुखुम्बु जिल्ला अदालत श्रेस्तेदार विकास कुमार रजक नेतृत्वको टोलीले गरेको थियो ।

























