सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिका वडा नं १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ । बुधवार एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले रिबन काटेर नवनिर्मित भवनको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङबु शेर्पा, सोताङ गाउँपालिका अध्यक्ष खिलाराज बस्नेत, महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङ, उपाध्यक्ष…